Logo

कात्तिक १३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं, ७ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्