काठमाडौं, ७ कात्तिक । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग लामो राजनीतिक अनुभव छ । कम्युनिष्ट राजनीतिमा लामो समय लागेका उनी परराष्ट्र मामलामा अध्ययन र लेखनमा सक्रिय छन् । श्रेष्ठसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्री अदरबैजान भ्रमणको औचित्य के छ ?
यो भ्रमणले नेपालले सुरुदेखि अपनाएर आएको असंलग्न परराष्ट्रनीतिलाई दरिलो बनाउँछ ।
असंलग्नको कुरा गर्दा नेपालको परराष्ट्रनीति सन्तुलित छ ?
नेपालको भूराजनीति आफ्नै प्रकारको छ । त्यसले गर्दा विभिन्न शक्तिराष्ट्रहरु नेपालमा अहिले सक्रिय भएका छन् । ‘पुसिङ एन्ड पुलिङ’ भन्छन् नि, तान्ने र घचेट्ने कामहरु भइराखेका छन् । त्यसैले सन्तुलिन कायम गर्न सकेन भने ठूला–ठूला शक्तिराष्ट्रहरुको प्लेग्राउण्ड होला भन्ने खतरा पनि छ । सन्तुलिन कायम गर्न सकियो भने विभिन्न स्रोतबाट विकासका लागि साधनस्रोत जुटाउन सक्नेगरी समृद्धितर्पm जान सकिने छ । यसैले अब हामीले कत्तिको सन्तुलित नीति अपनाउन र व्यवहारमा कुटनीतिक सन्तुलन गर्न सक्छौं, परीक्षणको घडीमा छ ।
अमेरिकाले त नेपालमा चिनियाँ प्रभाव बढ्यो भनेर निष्कर्ष निकालेको छ नि ?
नेपालमा चिनियाँ प्रभाव बढ्यो भन्नुको अर्थ अमेरिकाको प्रभाव घट्यो । अहिले दक्षिणसँग त महत्व दिएरै गएको छ, त्यो उहाँहरुलाई चिन्ता लाग्दो कुरा होला । तर, अहिले नेपालले आफ्ना छिमेकीहरुलाई महत्व दिएको छ, दिनैपर्छ । छिमेकीको साथ छोड्न सकिँदैन । छिमेकीसँग राम्रो व्यवहार गर्नैपर्छ, त्यसैले चीनको प्रभाव त नेपालमाभन्दा अमेरिकामै बढेको छ, लगानीदेखि विभिन्न दृष्टिकोणले । त्यसैगरी अफ्रिका, ल्याटिनअमेरिका लगायत भारतमै बढेको व्यापारदेखि दृष्टिले नेपालमा मात्रै नभनौं विभिन्न सिमाना जोडिएका सबै ठाउँमा बढेको छ, बढोस् तर सैनिक गठबन्धनमा चीन, भारत र अमेरिकासँग पनि नजाने । यी सबैसँग सन्तुलित र सुसम्बन्ध राखेर हामी विकास र समृद्धिमा अगाडि बढ्ने ।
बाकुमा प्रधानमन्त्रीले विभिन्न देशका व्यक्तिलाई भेट्दै हुनुहुन्छ, त्यसले नेपाललाई के फाइदा हुन्छ ?
त्यहाँ दातृराष्ट्र छैन, आपूmजस्तै तेस्रोविश्वका देशहरु जम्मा हुने ठाउँ हो । जो कुनै सैनिक गुटबन्दी म जान्दिँन भन्छ । त्यहाँ त निशस्त्रीकरणको लागि बल दिने किनकि ंयो असंलग्न शिखर सम्मेलनमा कुनै बेला नेपाल पनि संस्थापक आन्दोलनका देशमध्ये एक हो । जहाँ नेहरु, टिटो, सिकागो, नासिर आदि नेताहरुको जमघट थियो । त्यो बेला देखिएको हो र नेपालले त तेस्रो विश्वको पक्षमा आवाज उठाउने । निशस्तिकरण फेल हुनलाग्यो, किनकि आणविकसहितका देशहरुको संख्या बढ्यो, उत्तरकोरियालगायत । हुँदाहुँदा अहिले टर्किले पनि बढाउने सुरसार गरेको छ भन्ने समाचार आइराखेको छ भनेपछि असंलग्न देशहरुले त हतियार होइन शान्तिपूर्ण बाटो अपनाउनुपर्छ भनेको ठाउँमा त्यो चुनौती अहिले विश्वमा देखिएको छ । ठूलो शक्तिराष्ट्रहरु पनि द्वन्द्व मच्चाउन लगाएर आफ्ना हतियार बेच्नतिर लागेका छन् ।
नेपाल प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपतिलाई पनि भेट्दैहुुनुहुन्छ, अमेरिका कति रुष्ट होला ?
उसलाई अमेरिकाको दबाब छ, त्यसैले आपूmजस्तै समस्यामा परेका देशहरुले एकले अर्कोलाई सहानुभूति दिनको लागि भेट्नु स्वाभाविक हो ।
तर, अमेरिका त नेपालसँग रिसाउने भयो नि ?
अमेरिका रिसाउँछ भनेर आफ्ना सहयात्रीहरु, जो शान्तिका पक्षधरहरुलाई नभेट्ने भन्ने कुरा हुँदैन ।
त्यसो भए अमेरिका रिसाए पनि केही फरक पर्दैन हो ?
अमेरिका रिसाउँदैन, हामीले उनीहरुसँग भेटेर अमेरिकाको खोइरो खन्न लागेको होइन । हामीजस्तै दुःख पाएको, दबाब र द्वन्द्वमा परेको भेनेजुयला पनि भएको हुनाले भेट्न खोजेको हो । हामीले एकअर्कासँग शान्तिप्रक्रिया कसरी गर्न सकिन्छ भनेर सिक्न खोजेको हो ।
पछिल्लो समय नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा गएर आफ्ना कुरा राखिरहेको त्यसले मुलुकको प्रतिष्ठा बढेको हो ?
नेपाल एउटा सफलपूर्व शान्तिप्रक्रियामा अगाडि बढेको मुलुक हुनाले अन्तर्राष्ट्रिय फोरममा गएर आफ्ना कुरा राखेको हो । हिजो बन्दुक बोक्नेहरुलार्इृ शान्तिप्रक्रियामा ल्याउन सकिएको हुनाले उनीहरुको बीचमा नेपालको प्रतिष्ठा त बढेकै छ ।
नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठात बढायो, तर लगानीकर्ता त उत्साहित भएर आएका छैनन् नि ?
जति अपेक्षा गरिएको थियो, त्यो अस्थिरता भएको हुनाले आएको छैन । अब दुईतिहाई बहुमत भएको सरकार आएको छ । त्यसले स्थिरताको अनुभूति दिने दिन आएको छ ।
त्यसो भए नेपालमा आर्थिक क्रान्ति र सम्पन्नता अगाडि बढ्यो ?
लक्षण देखिएको छ, त्यसको लागि ब्युरोक्र्यासीलाई विकास उन्मुख गराउनुपर्ने, भ्रष्टाचार उन्मुलन गर्नुपर्ने, साथै जेबोल्यो त्यो कार्यान्वयन गरिछाड्ने दृढता हुनुपर्ने यस्तो भएमा मुलुकको विकासले नयाँ गति लिन्छ ।
मुलुकमा भ्रष्टाचार त ह्वात्तै बढेको छ नि ?
बढेको छ, त्यसैले त मैले पनि आँखा चिम्लेर सबै कुरा राम्रो हुन्छमात्रै भनेको छैन नि । भ्रष्टाचार ब्यापक भएको छ, त्यसलाई उन्मुलन गर । भोलिभन्दा कर्मचारीहरुको प्रवृत्ति जुन छ, त्यो हुनुहुन्न जे भनेको त्यो तुरुन्तै काम हुनुपर्छ । कर्मचारीले भ्रष्टाचार गर्ने, ठेकेदारहरु समयमा काम नगर्ने यस्ता प्रवृत्तिहरु हटाउनुपर्छ । प्रतिपक्षलाई समेत साथमा लिएर मुलुकको विकासको लागि अगाडी बढ्नुपर्ने चुनौती छ ।
हाम्रो देशमा मान्छमाथि नै देखिदेखि डोजर लगाइन्छ के भएको हो ?
त्यस्तालाई जघन्य अपराधीको रुपमा कारबाही गर्नुपर्छ । सरकारले उसलाई ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाइसकेको छ ।
यस्ता कामहरु किन भइरहेका छन् ?
जसरी पनि कमाउ प्रवृत्तिले त्यस्तो भएको हो ।
शीर्ष नेताहरु पनि किन आर्थिक रुपमा फस्नेगरेका छन् ?
यो सरासर आपूmमुखी, आपूmले मात्रै फाइदा लिने प्रवृत्ति हो । त्यसलाई घटाउँदै जानुपर्छ, नेताहरुलाई यो अन्तिम चान्स हो । उनीहरुको यस्तो प्रवृत्तिविरुद्ध मिडिया, नागरिक समाजले सधैं खबरदारी गर्नुपर्छ ।
विकासको नाममा जताततै डोजर आतंक छ नि ?
यो गलत हो, जथाभावी डोजर चलाउँदा आपैmले सिर्जना गरेका इकोलजिकल क्राइसिस देखिएको छ । नेपालको भूबनोटअनुसारको काम हुनुपर्ने, इकोफेन्डली प्रोजेक्टहरु, कामहरु हुनुपर्ने । त्यसमा समस्या आएको छ । यहाँ जलवायु परिवर्तनका कुराहरु आएका छन् । त्यसमा आपैmले नै वनजंगलहरु फाँड्ने, पहिरो जाने काम गर्ने, प्राकृतिक बोटविरुवा नास गर्ने काम गर्नुहुँदैन ।
File Photo