Logo

ट्रक कन्टेनरमा भेटिएका ३९ शव चिनियाँ नागरिकको भएको पुष्टि



बेलायतमा ट्रक कन्टेनरमा फेला परेको ३९ जनाको शव चिनियाँ नागरिकको भएको पुष्टि भएको छ । एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना पाका र एकजना किशोरावस्थाको शव चिनियाँ नागरिकको भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

शव फेला परेपछि त्यसबारे अनुसन्धान गर्ने क्रममा चिनियाँ नागरिकको भएको पत्ता लागेको हो । २५ वर्षीय ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानविन गर्नमा उक्त रहस्य खोलिएको थियो । को उत्तरी आयरल्यान्डका बासिन्दा ती चालक प्रहरी हिरासतमा छन् ।

इसेक्स प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बेल्जियम हुँदै ट्रक शनिबार बेलायत प्रवेश गरेको बताएको छ । कन्टेनरको रंग सेतो छ भने ट्रकको अगाडिको भाग प्याजी र सेतो रंगको छ । निकै ठूलो कन्टेनर योजनावद्ध तरिकाले बेलायत छिराइएको हुनसक्ने बताइएको छ ।

ट्रक कन्टेनरमा चिनियाँ नागरिक ल्याउन मानव तस्करहरुको संलग्नता देखिएको छ । लामो यात्राका क्रममा उनीहरु निसास्सिएर मरेको हुनसक्ने बताइएको छ ।

विगतमा पनि बेलायतमा यस्तै घटनाहरु भएको थियो । यूरोपमा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्दा कन्टेरनमा राखिएकाहरु निसास्सिएर जीवन गुमाउन पुगेका थिए ।
-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot