Logo

महराको दशैं तिहार हिरासतमा



काठमाडौं, ७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं हिरासतमा बित्यो । अब उनी तिहारभरी पनि प्रहरीकै नियन्त्रणमा रहनेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहिबार महरामाथि अनुसन्धानका लागि भन्दै सात दिन हिरासतमा राख्ने अनुमति दिएपछि तिहार पनि प्रहरीकै नियन्त्रणमा रहने भएका हुन् ।

महरालाई अबको सात दिनभित्र प्रहरीले अनुसन्धान पूरा गर्नुपर्नेछ । उनीमाथि अर्को हप्ता मुद्दा दायर हुने निश्चित छ । १९ असोज देखि हिरासतमा रहेका महरा दशैंको बीचमा स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका थिए । उनीमाथि पटक पटक गरी तीन पटक म्याद थप भइसकेको छ । २८ असोजमा थप तीन दिन र ३ कात्तिकमा थप पाँच दिन अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
File Photo



प्रतिक्रिया दिनुहोस्