काठमाडौं, ८ कार्तिक । ललितपुरको दुर्गम गाउँकी १५ वर्षीया सीता (नाम परिवर्तन) असोजको तेस्रो साता छिमेकी काकासँग घुम्न भन्दै मोटरसाइकलमा बसेर लगनखेल आइन । बिहान सँगै आएर बेलुका पनि सँगै फर्कने क्रममा भने भेटिइनन् त्यसपछि छिमेकीले कोहीसँग गाउँ फर्किएको अनुमान लगाए । गाउँतिरका मान्छेहरू सहर आउजाउ गरिरहने भएकाले उनले त्यति सोधिखोजी गरेनन् । तर ती किशारी घर फर्किएकी थिइनन्, बरु धेरै दिनसम्म बेपत्ता भइन् ।
आमा गुमाएकी उनी बुबाले अर्को बेहे गरेपछि छिमेकीको सहयोगमा गाउँमा बस्दै आएकी थिइन् ।छिमेकीकै सहायतामा उनी कक्षा सातमा पढ्दै थिइन् । छिमेकीले त्यति वास्ता नगर्दा उनलाई गाउँबाट कतिखेर भागौं भइरहेको थियो । त्यही सोचमा उनी छिमेकीको पछि लागेर लगनखेल आएकी थिइन् । उनी लगनखेल आएको एकदुई दिनमै चालक र सहचालकसँग नजिकिइन् ।सवै सोधिखोजी गरेपछि चालकले जागिर लगाइदिने आशा देखाए । उनीहरूले एउटा क्याफेमा वेटरको रुपमा काम लगाइदिने लोभ देखाए । सीताले भने पत्याइन् र कार्तिक १ गतेबाट काम गर्ने निधा गरिन् ।
कार्तिक १ गते उनी खुसी हुँदै वेलकम क्याफेमा पसिन् रिसेप्सनमा क्याफेका सञ्चालक विकास लिमिलसिना थिए । उनले सुरुमै नाम सोधे । त्यसपछि घरयासी र अन्य विवरण सोधे । सीता आफूलाई काम लगाइदिने चालक र सहचालकले सवै कुरा बताएका होलान् भन्ठानेर त्यति बोलिनन् । त्यसपटि तिमिलसिनाले क्याफेमा केके काम गर्ने भनेर सीतालाई बुझाए…
आजको नागरिक दैनिकबाट