काठमाडौं, कार्तिक ८ । महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायधीश सुदर्शनराज पाण्डेको ईजालसले विहीवारदेखि लागू हुने गरी सात दिन अनुसन्धानको समय थप्दै परीक्षणको लागि आदेश दिएको हो ।
प्रहरी अनुसन्धान अधिकृतले डीएनए परिक्षण नगरी आरोपबारे अनुसन्धन गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । प्रहरीको मागबमोजिम डीएनएका लागि नमुना गरत उपलव्ध गराउन महराको नाममा आदेश भएको हो । महराले डीएनए परीक्षणका लागि यसअघि रगत दिन अस्वीकार गरेका थिए ।
आजको नागरिक दैनिकबाट