Logo

मालपोतमा जान रुचाउँदैनन् कर्मचारी



काठमाडौं, कार्तिक ८ । पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ। केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन।

अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन्। दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ। भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ।

मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ। मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए।

७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ। पब्लिक एसेस मोडलबाट सेवा प्रदान भइरहेको छ। एक सय एक वटा कार्यालयमा अनलाइन सिस्टममा मालपोतको सेवाप्रवाह भइहरेको छ।

ती कार्यालयमा कति कारोबार भयो, त्यसको रिर्पोट प्रत्येक दिन हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसलाई यही वर्षभित्र ११६ कार्यालयमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot