Logo

मन्त्रीेको प्रश्नः तलब खुवाउन मात्रै बैठक डाक्नुपर्ने?



काठमाडौं, कार्तिक ८। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् ।

उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने भन्दै विश्वविद्यालयले आफूसँग पर्याप्त समन्वय नगरेको भन्दै आक्रोश पोखेका हुन् ।केही समयअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ रु भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागि भन्दा पनि बजेटसँग सम्बन्धित कामबारे मात्र पत्र प्राप्त भएको बताएका थिए ।

बैठकको अध्यक्षता गरेका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले पदाधिकारी विश्वविद्यालयप्रति जिम्मेवार नभएको बताए ।

उनले भने, तलब खुवाउन मैले बैठक डाक्नुपर्ने, पदाधिकारीले कमसेकम बैठक बोलाऔं त भन्नुपर्ने हो नि ? उनले विश्वविद्यालय विस्तारै खस्कँदै गएपछि सम्पर्क कार्यालय हटाएको बताए ।

काम नगरी काठमाडौं बस्ने अनि तलब खाइरहने देखेपछि सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको बताए । उनले संस्कृत विश्वविद्यालयले समग्र संस्कृतिको प्रवद्र्धनमा प्रभावकारी भूमिका नखेलेको आरोप पनि लगाए ।

उनले विश्वविद्यालयका पदाधिकारीले प्राध्यापकलाई बढी स्थान दिएको तर कर्मचारीलाई महत्व नदिएको गुनासो गरे । आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot