Logo

राजश्व सङ्कलनको अवस्था सन्तोषजनक



काठमाडौं, कार्तिक ८ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व संकलनको अवस्था सन्तोषजनक रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व संकलन भएको छ ।

करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उनले बताएका छन् ।

सरकारको नीतिअनुसार आगामी चैतसम्म अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महीना एक दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्