Logo

सुनको मूल्यमा बृद्धि



काठमाडौं, ८ कात्तिक । फेरी सुनको मूल्यमा बृद्धि भएको छ । केही दिन अगाडी लगातार घटिरहेको सुन तिहारको पहिलो दिनमै सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मुल्य बढेर प्रतितोला ७१ हजार पुगेको छ ।

कात्तिक ७ गते ७० हजार एक सयमा कारोबार भइरहेको सुनको मूल्य आज प्रतितोला ६ सय र तेजाबी सुनको मूल्यमा ६ सयले बृद्धि भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

चाँदीमा भने १० रुपियाँले बृद्धि भएको छ । ७ कात्तिकमा ८ सय ५० रुपैयाँ प्रतिोलामा कारोबार भएको सुनको मूल्य आज ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले बताएको छ



प्रतिक्रिया दिनुहोस्