Logo

मुस्कान खातुनको प्रधानमन्त्रीलाई चिठ्ठी,‘म भएको भए अपराधीलाई फाँसी दिन्थें’



काठमाडौं, ८ कात्तिक । एसिड आक्रमणकी घाईते बालिका मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज हृदयविदारक पत्र लेखेकी छिन् । उनले दोषीलाई फाँसीको सजायको माग गरेकी छन् । शुक्रबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीको ठाउँमा अहिले आफू भएको भए एसिड हान्नेलाई फाँसी दिन्थेँ भनेर पनि लेखेकी छिन् ।

हेर्नुहोस खातुनले प्रधानमन्त्रीलाई लेखेको पत्रको पूर्ण अंश

माननीय प्रधानमन्त्रीज्यू

म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद



प्रतिक्रिया दिनुहोस्