बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवबारे प्रारम्भिक अनुसन्धानले उनीहरुको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।
निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।
बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक थिए ।
घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ ।
-एजेन्सी
Photo Source: Global Times