Logo

समायोजनको सकस : स्वास्थ्यसेवा तर्फका कर्मचारीको विचल्ली



काठमाण्डौ । संघीयता कार्यान्वयनको एउटा अभिन्न पाटो कर्मचारी समायोजनले अझै पूरा निकास पाउन सकेको छैन । स्वास्थ्य सेवामा त यो झनै चुनौतीपूर्ण र पेचिलो बन्दै गएको छ । समायोजनले दिएको सकसका कारण न स्वास्थ्य सेवा प्रभावकारी ढंगले अगाडि बन्न सकेको छ । न यसप्रति सरकारनै गम्भिर भएको छ । त्यसैकारण पनि अझै स्वास्थ्य तर्फको समायोजन टुङगिने छाटकाट देखिएको छैन् ।

निकै लामो समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगण भरिभाउ देख्न सकिन्छ । दैनिक बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म स्वास्थ्य सेवा तर्फका कर्मचारी समायोजनसम्बन्धी गुनासो लिएर मन्त्रालय प्रांगण निवेदन दर्ता गराउन बसिरहेका देख्न सकिन्छ । निकै लामो समय भयो देशका विभिन्न प्रदेशका कर्मचारीहरु मन्त्रालय धाउदैमा हैरान भैसकेका छन् ।

सबैको आ–आफ्नै समस्या छ कसैले रोजेकाम ठाउमा समायोजन भएका छैन्न त कसैले समायोजन भएर गएका ठाउमा हाजीर हुन पाएका छैन्न । कसैको पद नै घटुवा भएको छ । त्यसै मध्येकी एक हुन रुपन्देही घर भएकी मोहन तारा प्रसाई । उनी सात पटक भैसक्यो मन्त्रालय धाउन थालेको ।

लक्ष्मण शर्मा चालिसे म्याग्दिको महेन्द्र राकु आयूर्वेदिक औषधालयमा कार्यरत ११ वर्ष भैसक्यो । कविराज पदमा कार्यरत उनलाई अहिले वैद्य पदमा समायोजन गरिएको छ । यसप्रति उनी निकै रुष्ट छन् ।

अर्का कर्मचारी दामोदर शर्मा पनि समायोजनले आफ्नो पद नै खोस्ने काम गरेको गुनासो गर्छन् । सरकारविरुद्ध नै उनी कानुनि कारबाहीमा जाने चेतावनी दिन्छन् ।

देशमा तिहारको रमझमले छोइसकेको छ । तर यी कर्मचारीलाई आफ्नो गुनासो सुनुवाइ भई पत्र लिएर कार्यालयमा जान पाए ठूलै लडाइँ जित्छु जस्तो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० महिनादेखि कर्मचारी समायोजनमा संघर्ष गरिरहेको छ । तर, हालसम्म पनि समायोजनको विषय टुंगोमा पुग्न सकेको छैन ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ

समायोजनको विषयले मन्त्रालयबाट हुने अन्य कामकारबाहीलाई समेत प्रभावित बनाइरहेको छ । तर सम्बन्धित निकाय भने एक अर्केलाई दोष दिदै आएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सघिंय मामिला तथा सामान्य प्रसासन मन्त्रालयकै कारण समस्या नसुल्झिएको आरोप लगाउँछन् ।

संघियमामिला तथा सामान्य मन्त्री लालबाबु पण्डिले गत चैत १४ गते पत्रकार सम्मेलन गर्दै कार्मचारी समायोजन सफल भएको दाबी गर्नुभएको थियो । तर मन्त्रीको दावी झुटो सावित भएको छ । समायोजन टुङगियो भनेर घोषण गरेको १० महिना बितिसक्दा समेत समस्या उस्तै छ ।



प्रतिक्रिया दिनुहोस्