Logo

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा



पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ रिहा भएका छन् । उनलाई शुक्रबार त्यहाँको अदालतले धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका उनलाई स्वास्थ्यका दृष्टिले रिहा गरिएको जनाइएको छ । रोगप्रतिरोधात्मक क्षमता घटेर स्वास्थ्यमा समस्या भोगिरहेका सरिफको रगतको प्लाटिलेट घटेको उल्लेख छ ।

६९ वर्षीय सरिफ यसै हप्ताको शुरुमा अस्पताल भर्ना गरिएका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरिफका लागि उत्तम सुविधासहित उपचारको व्यवस्था गर्न निर्देशन दिइसकेका छन् । राजनीतिक आस्था जे भएपनि उनको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

सरिफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । उनीमाथि भ्रष्टाचारको अभियोग छ ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot