Logo

गौर घटना : अपराध गर्ने उम्कन पाउँदैन



काठमाडौं, कात्तिक ९ । कार्यवहाक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरित काम गर्ने जोसुकै भए पनि कारवाहीको भागिदार हुने बताएका छन् । विराटनगर विमानस्थलमा गौर घटनाबारे पोखरेलले शुक्रवार भने– ‘कानुनभन्दा कोही पनि माथि हुँदैन, त्यसकारण सवैले सोच्नुपर्छ ।’

गौरमा तत्कालिन मधेसी जनअधिकार फोरमनेपाल र नेकपा माओवादीबीच झडप हुँदा २७ कार्यकर्ताको मृत्यु भएको थियो । यो घटना फोरमका तत्कालिन अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको आरोप छ । यादव अहिले उपप्रधानमन्त्री छन् ।

त्यस्तै राजपुर बम विष्फोटका आरोपित महम्मद अफताव आलमलाई राजनीतिक पूर्वाग्रहका आधारमा नभई प्रमाणको आधारमा भएको उनले बताए ।
-आजको नागरिक राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्