Logo

तरकारीको मूल्य बढेको बढ्यै, उपभोक्ता हैरान



काठमाडौं, कात्तिक ९ । दशैँ सुरु हुनुभन्दा पहिले वृद्धि हुन थालेको तरकारीको मूल्यमा तिहारको बेलामा आएर आकाशिएको छ ।
केही दिन पहिलेसम्म ८० रुपियाँ किलो पाइने भिन्डी अहिले आएर १०० रुपियाँ प्रतिकिलो पुगेको नेपालगञ्जको रानीतलाउ थोक तरकारी मण्डीले जनाएको छ । मण्डीका अनुसार ७० रुपियाँ किलो पाइने खुर्सानी अहिले ९० रुपियाँ किलो पुगेको छ भने ५० रुपियाँमै पाइने लौकाको मूल्य ८० रुपियाँ प्रतिकिलो पुगेको छ ।
दशैँको मुखमै आएर तरकारीको मूल्य दोब्बर वृद्धि भएकोमा तिहार लाग्दा नलाग्दै फेरि मूल्य बढेको छ । थोक तरकारी मण्डीका अनुसार हरियो खुर्सानी प्रतिकेजी १००, बन्दा ८०, फूलगोभी ७०, धनिया पचास ग्रामको ४०, लौकी प्रतिकेजी ८० र करेला प्रतिकेजी ९० रुपियाँमा बिक्री भइरहेको छ । पछिल्लो समयमा निरन्तर तरकारीको मूल्य बढ्दै गएका कारण अधिकांश भान्सामा तरकारी घटेको स्थानीयको भनाइ छ । तरकारीको मूल्य वृद्धि हुन नदिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उपभोक्ताको माग छ ।
आजको गोरखापत्र राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्