Logo

प्रधानमन्त्री ओली पाकिस्तानी समकक्षीलाई भेट्दै



विशेष प्रतिनिधि मनोज कार्की : अजरबैजान, ९ कात्तिक । असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए । त्यस्तै, प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि आज भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्