Logo

पार्टीभित्र नेतृत्वबीच केही विवाद देखिएको छ : लक्ष्मणलाल कर्ण



लक्ष्मणलाल कर्ण राजपा नेपालका प्रभावशाली नेता हुन् । आफ्नो विचार स्पष्ट र खरो ढंगले राख्ने उनी हाल संसदीय सुनुवाई समितिका सभापति छन् । समाजवादी पार्टीसँगको एकता, पाटीभित्रको विवाद आदि विषयमा केन्द्रित रही पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि उनीसँग गरेको कुराकानीः

तपाईं मधेसमा कि काठमाडौंमा हुनुहुन्छ ?
म अहिले बीरगन्जमा छु ।
त्यहाँ के गर्दैहुनुहुन्छ ?
बीरगन्जमा साथीभाइ तथा जनताहरुसँग शुभकामना साटासाट र भेटघाटमा छु ।
यसपटकको तिहार बीरगन्जमै मनाउने तयारीमा हुनुहुन्छ ?
यसपालिको तिहार, छठ बीरगन्जमै मनाउछु ।
मधेसमा विकास भइराखेको छ ?
विकास भनेको निरन्तर हुने विषय हो, केही न केही भइहाल्छ । त्यो राणाकाल र पञ्चायतमा पनि हुन्थ्यो, अहिले पनि भइराखेको छ । तर, जुन किसिमबाट रकम आइरहेको अहिले नगर, गाउँपालिकाहरुमा त्यसको अनुपातमा विकासभन्दा अनियमितता धेरै देखिन्छ । त्यसलाई हेर्ने कुनै निकायनै छैन । त्यसैको लागि हामीले गाउँपालिका र नगरपालिका हेर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ भनेर । तर, यो अधिकारलाई लगेर संघमा राखिएको छ । संघमा राखेर सबैतिर अव्यवस्थित भएको छ ।
व्यवस्थित हुनबाट हामी कहाँ चुक्यौं ?
बिनासुशासन देश चल्दैन । सुशासन नभएको ठाउँमा देश होइन, व्यक्तिको विकास हुन्छ । अहिले हामीले संघीय लोकतान्त्रिक परिपाटी अपनाएका छौं । त्यसबाट सुशासन र भ्रष्टाचारमुक्त हुन सबैले खेजेका छन् । अहिले सबैभन्दा खड्किएको कुरा यही हो । समग्र जनताको विकासको लागि मानसिक, आर्थिक र सामाजिक रुपले सबैभन्दा पहिला भ्रष्टाचार उन्मुलन गर्नुपर्छ । जब मुलुकमा भ्रष्टाचार उन्मुलन हुँदैन त्यहाँ विकासको कल्पनै गर्न सकिँदैन । त्यसैले भ्रष्टाचर उन्मुलन र स्ुशासनको स्थापना आजको आवश्यकता हो ।
विकास र समृद्धिमा हामी कहाँ चुकेका छौं ?
विकास भनेको तपाई हामीले केही नगरे पनि केही न केही भइहाल्छ । अहिले गाउँमा बाटो कसैले नचाहेर पनि केही बनेका छन् । पहिला सरकारले बजेट छुट्ट्याएर बटो बनाउने चलन थिएन, त्यो बेलामा गाउँलेहरु आफ्नै श्रमदान गरेर बाटो बनाउने गर्दथे । त्यसकारण विकास समयअनुसार अहिले बढ्दै जानु स्वाभाविक हो । तर, जुन रुपले हुनुपर्ने हो, त्यो भइराखेको छैन । यसमा पोलिटिकल बायसनेस देखिएको छ, विकास पोलिटिकल बायसनेस हुनैहुँदैन । डेमोक्रेसीमा त्यस्तो हुन्छ भने खतरा हो । कतिपय गाउँमा जाँदा घरै नभएकोतिर बाटो लगेको छ, दशौं घर त्यत्तिकै छन्, यहाँ किन भएनभन्दा उनीहरु भन्छन्, ‘हामीले भोट तिजेको पार्टीलाई नदिएको कारणले हामीलाई बाटो दिइएन’ भन्ने पाइयो । यस्ताखाले विभिन्न स्वरुपहरु गाउँ–गाउँमा देख्न सकिन्छ । जब प्रजातन्त्रले के भन्छ भने, ‘जित्ने व्यक्तिले जुनसुकै पार्टीबाट जितोस् ऊ सबै विचार राख्ने जनताको प्रतिनिधि हुन्छ’ । जसले आपूmलाई समर्थन गर्ने ग्रुपको मात्रै काम गर्छ, त्यसको मात्रै उन्नति चाहन्छ, त्यो अवस्था डेमोक्रेसी खतरामा पर्छ ।
अहिलेको नेतृत्व सफल कि असफल ?
एउटा व्यक्तिले मात्रै म मुलुकै बनाउछु भन्नु उसको पनि गलत सोच र विचार हो । जति शक्तिशाली भनेपनि एउटै व्यक्तिले देश चल्नसक्दैन । देश चलाउनको लागि व्यक्तिले नेतृत्व गर्ने हो, त्यसको लागि सवल नेतृत्व हुनुपर्छ त्यो क्षमता उहाँमा देखिँदैन ।
गौरहत्या काण्डमा त तपाईंहरुको दोष देखिन थालेको छ नि ?
त्यो राजनीतिक मुद्दा हो । एउटा पार्टीले सभा गरिराखेको ठाउँमा अर्कोले आक्रमण गर्दा त्यो घटना हुनगएको हो । सभाभइराखको ठाउँमा बाहिरबाट मान्छे झिएकार आक्रमण गरेपछि त्यहाँका लोकल जनताले आपूmमाथि आक्रमणको प्रतिकार गरेका हुन् । त्यसको दोष कुनै राजनीतिक पार्टीलाई दिनु गलत कुरा हुन्छ । त्यो प्रतिकारमा दुवैतिरका मान्छेहरु घाइते भएका छन् । त्यसमा धेरै मान्छे मरे त्यो अलग कुरा हो । कुनै कसैको घरमा गएर आक्रमण गर्दा घरवालाले आक्रम गर्दा क्षति हुन्छ, त्यो पनि राजनीतिक विचार लिएर भएका छ भने त्यो मुद्दामामला गर्नुगलत हो । त्यही पनि यतिका दिनपछि कहिले कारबाही कहिले मुद्दा भनेको छ, कसमाथि कारबाही गर्ने ? । त्यो घटनामा जुन नेता नै त्यहाँ थिएनन्, उनीहरुको नाममा अहिले मुद्दा चलाउनु गलत हो ।
तपाईंको पार्टीभित्र आन्तरिक द्वन्द्वपनि समाधान भएन, महाधिवेशन नहुनेभयो हो ?
पार्टीभित्र आन्तरिक द्वन्द्व छन्, भने त्यसको समाधान गर्नुपर्छ । साथै महाधिवेशन गर्नुपर्छ । मैले पहिल्ला समयमा पार्टीभित्र नेतृत्वबीच केही विवाद देखिएको छ । त्यसको समाधानका लागि राजनीति, पदाधिकारी र केन्द्रीय समितिहरु छन् । पदाधिकारीबीच केही वैचारिक द्वन्द्व छ । जब वैचारिक द्वन्द्व भइराखेको छ भने छलफलको लागि बहस छलफलको बसैलाई राख्नुपर्छ । व्यक्तिगत द्वन्द्वले पार्टीमा केही फाइदा गर्दैन । ती वैचारिक द्वन्द्वलाई समाधान गर्न बैठक गरेर समाधान गर्न सकिन्छ यो ठूलो प्रश्न पनि होइन ।
पहिला पार्टी एकीकरण त्यसपछि महाधिवेशन हो ?
दुईमध्ये कुनै होस् । एकीकरण भनेको के हो ? जग्गाजमिनको रजिष्ट्रेसन त होइन नि । जहाँ नेतृत्व मिल्छ । त्यहाँ समान हैसियत, समान विचार राखेर अगाडि बढ्नु राम्रो कुरा हो । पार्टीलाई बलियो बनाउन र संगठन गर्नको लागि अधिवेशन आवश्यक हुन्छ । यी दुवै कामको जिम्मेवारीको लागि महन्त ठाकुरलाई महाधिवेशनको संयोजक तोकेको छौं । पार्टी एकीकरणको संयोजक राजेन्द्र महतो हुनुहुन्छ । त्यसकारण पार्टी एकीकरण र महाधिवेशनको लागि छलफल गरेर अगाडि बढ्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot