काठमाडौं, ९ कार्तिक । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाजिक सञ्जालबाट खरो कटाक्ष गरेका छन् ।
प्रचण्डले मदन भण्डारी ओरिजनल माले नभए जस्तै आफू पनि ओरिजनल माओवादी नभएको बताएपछि भट्टराईले उनलाई डुप्लीकेट माओवादी भन्दै कटाक्ष गरेका हुन ।
‘यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।