काठमाडौं, ९ कार्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले मापदण्ड विपरित क्लबहरूलाई लाइसेन्स दिएको भेटिएपछि जरिवाना गराइएको छ ।
एन्फाले एएफसी कप २०१९को उल्लंघन गरेको भन्दै एसियाली फुटबल महासंघको अनुशासन तथा आचारसंहिता समितिले ३५ हजार अमेरिकी डलर जरिवानाको निर्णय गरेको छ।
अवको दुई बर्ष भित्रै उक्त रकमको जरिवाना बुझाइ सक्नुपर्ने पनि समितिले ठहर गरेको छ । एन्फा भित्र देखिएका कमजोरीलाई दुई वर्षभित्र सच्याएर एएफसी क्लब लाइसेन्सिङ प्रणाली पूर्ण रूपमा लागू गरेमा २५ हजार डलर तिर्नु नपर्ने पनि समितीले उल्लेख गरेको छ ।
यदि एन्फाले उक्त निणर्यको कार्यान्वयन नगरे समितीले निलम्बनसँगै जरिवानाको रकम पनि बढाउन सक्ने जनाएको छ । स्रोतका अनुसार गल्तीलाई सुधार नगरे जरिवानको रकम पनि डवल हुँदै जाने बताइएको छ ।
नेपालले हाल सम्म पाएको उक्त रकमको जरिवाना आज सम्मकै बढि रहेको छ ।यसअघि नेपालले १५ हजारसम्म जरिवाना तिरेको छ ।