काठमाडौं, ९ कार्तिक । पूर्व उपप्रधान र अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा २५ लाख बराबरको अक्षयकोष स्थापना गरिने भएको छ । पहिलो वार्षिकीको अवसर पारे १८ फागुनमा अक्षयकोष स्थापना गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ ।
अधिकारीले दिवंगत हुनु भन्दा अगाडी आफ्नो पारिवारलाई बैंकमा रहेको आफ्नो खाताको रकमबाट अक्षयकोष गर्न भनेकाले उनको पहिलो बार्षिक पुण्य तिथीको अवसरमा कोषको स्थापना हुन लागेको खतिवडाको भनाई रहेको छ ।
कोषमा जम्मा भएको उक्त पैसाको ब्याजबाट विभिन्न चार विधाबाट योगदान पु¥याउदै आएका एक–एक जनालाई पुरस्कृत गर्दे जाने स्वर्गीय अधिकारीकी छोरी लीमा अधिकारीले जानकारी गराएकी छन् ।
‘बुवाको अन्तीम इच्छा अनुरुप उहाँले नै कमाएर बचाएको पैसालाई समाजसेवाको क्षेत्रमा खर्चने छौ ।’ उनले सुनाईन् ।अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ फागुन १८ गते निधन भएको थियो ।