Logo

ओली सरकार मुलुकका लागि खतरा : पौडेल



काठमाडौं, ९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार मुलुक र जनताको लागि खतरा रहेको आरोप लगाएका छन् । काठमाडौ क्षेत्र नम्वर–४ ले आज काठमाडौमा दिपावलीलगायतका चाडवाडको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले दुई तिहाई मुलुकलाई अधिनायकवादतर्फ लान प्रयोग भएको आरोप लगाए । उनले अदालतलाई तर्साउन, अख्तियारलाई धमक्याउन, संवैधानिक निकायलाई कुण्ठित गर्न र जनतालाई त्रसित बनाउन दुईतिहाई प्रयोग भएको बताए ।

उनले दुई तिहाईको दुरुपयोग रोक्नको लागिसडक,सदन र बिपक्षबाट खवरदारी गर्नु पर्ने पनि बताए । उनले सरकारले मुलुकलाई विकाश भन्दा बिनाशतर्फ धकेलेकाले त्यसकालागि नेपाली कांग्रेसले खवरदारी गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्