Logo

यस्तो छ एनसेलको तिहार अफर



काठमाडौं, १० कात्तिक । निजी क्षेत्रको प्राइभेट लिमिटेडले तिहार र छठ पर्वलाई लक्षित गरी फोरजी डेटा बोनस योजना ल्याएको छ । योजना अनुसार प्रयोगकर्ताले चार गुणा बढी फाइदा लिन सक्छन् ।

उक्त कात्तिक ८ गतेदेखि १५ दिनसम्म लागुहुने छ । यसमा एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिन समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्नेले चार गुणा बढी भोल्युमको फाइदा लिन सक्छ । यसमा करबाहेक १५ र करसहित १९.१५ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसमा प्रयोगकर्ताले कूल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी करबाहेक ७५ करसहित रु ९५, ७७ शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोसन पाउनेछन् । यसरी कूल २००० एमबी डेटा पाउन सकिनेछ । प्रयोगकर्ताले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी एनसेल एपबाट उक्त अफर एक्टिभेट गर्न सकिन्छ । यसमा पाइने बोनस डेटा भोल्युममा फोरजी चल्ने मोबाइलमा र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालन रहेका ठाउँहरुमा चलाउन सकिने छ ।

चाडपर्वको अवसर पारेर सञ्चालनमा ल्याइएका अफरले ग्राहकलाई थप सुविधा दिने सम्पर्कमा रहिरहन मद्दत गर्ने छ । यस अफरबाट फाइदा लिन फोरजी सिम नभएकाले नजिकको एनसेल सेन्टरमा गई आफ्नो सिम फोरजी सिम अर्थात् युसिमसँग साट्न सकिने छ । यसको लागि रु १ मात्र शुल्क लाग्ने छ । यो प्रक्रियामा युसिम लिनेले सात दिनको समय रहेको एक जिबी डेटा पनि पाउनेछन् । यो डेटा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने छ । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्नेछन् र फोरजी सेवाको फाइदा लिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्