उनी ९९ वर्ष बाँचिन् । जीवनको अन्तिम क्षणसम्म योग सिकाउँदै थिइन् । उनले सिकाएकामध्ये हजारौं योगगरु भए ।
तामिल नाडुमा जन्मिएकी भी नानमलले ८ वर्षको उमेरदेखि बाबुबाट योग सिकिन् । उनी गुलाबी सारी लगाएर योग सिकाउँथन् जसलाई ब्रान्ड नै बनाइन् । ५० भन्दा बढी योगासनका विज्ञ थिइन भी नानमल । योगकी हजुरआम भनिने उनी भारतको सर्वोच्च पदक पदम श्रीबाट सम्मानित भएकी थिइन् ।
९९ वर्षसम्म नानमल स्वस्थ थिइन् । योगले आफूलाई स्वस्थ बनाएको खुलाउँथिन् । तर, केही दिन अगाडिमात्र उनी पलङबाट खसेर घाइते भइन् । जुन उनको मृत्युको कारण बन्यो । उनले २६ अक्टोबरमा अन्तिम स्वास लिइन् ।
-एजेन्सी
Photo Source: Deccan Chronicle