Logo

पौडेल हत्यामा संलग्न प्रहरीमाथी भएन कारबाही



काठमाडौं, कार्तिक १० । नेत्र विक्रम चन्द समुहका नेता कुमार पौडेलको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा निलम्बन गर्न सिफारिस गरिएका तीन जना प्रहरी अझै धुमुवाकै रुपमा काम गरिरहेको पाइएको छ ।

आयोगले प्रहरी निरिक्षक कृष्ण देव, प्रसाद शाह, हवल्दार विनोद शाह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरेर फौजदारी अपराध अनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

आयोगले निर्देशन दिएको एक साता वित्न लाग्दा पनि आरोपीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छैन । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफ्नै कमाण्डमा रहेको विशेष व्युरोमा दरदन्दी तथा काज कायम गरेर दुई प्रदेश अन्र्तगतका ८ वटा जिल्लामा १४ जना सादा पोषाकका धुमुवा प्रहरी खटाउदै आएको छ ।

आइजिपीको निर्देशन बिना उनीहरुलाई फिर्ता बोलाउन नसकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot