Logo

चिलीमा क्याबिनेटका सबै मन्त्री बर्खास्त



चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले क्याबिनेटका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । सामाजिक न्यायका लागि भन्दै दश लाख मानिसहरु सरकारको विरोधमा सडकमा उत्रिएपछि पिनेराले क्याबिनेटका सबै सदस्यलाई बर्खास्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सडकमा उत्रिएका जनताको माग सम्बोधन गर्न कदम चालेको जनाएका छन् । उनले कफर्यु पनि हटाएको घोषणा गरेका छन् ।
चिलीमा असमानताविरोधी आन्दोलनका क्रममा १७ जनाको ज्यान गएको थियो । चिलीका राष्ट्रपतिले पछिल्लो कदम चालेर राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गर्न खोजेका छन् ।
-एजेन्सी
Photo Source: Panamatoday



प्रतिक्रिया दिनुहोस्