Logo

म्हः पूजा विधि



काठमाडौं, ११ कात्तिक । म्ह पूजा शुरू गर्दा पहिला घरका खुला कोठाको भुईंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका सबै सदस्यको लागि एक–एकवटा मण्डल बनाइन्छ । त्यसपछि माथि एक र मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि बनाइन्छ । त्यहाँ पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल बनाइन्छ । मण्डललाई विभिन्न रंगहरूले सिंगारिन्छ । अनि फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले राम्रोसँग सजाइन्छ ।

त्यसपछि परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने बस्छन् ।सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पूजा गरी मण्डलहरूको पूजा गर्दछिन् । र, सबैलाई ’धौ सगँ’ दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बाल्छन् । बालिएको सो खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी आमाले सजाइएको बिमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र बत्ती सबैको हातहातमा दिइन्छ र सवैले ती सामग्रीहरू निधारले ढोगेर ग्रहण गर्दछन् ।

यस पश्चात् खेँसगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तीन पटकसम्म थपिथपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुईँमा राख्नुहुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथासक्य दक्षिणा दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्