Logo

अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा



अभिनेत्री केकी अधिकारी केही दिनयता निकै खुसी छिन् । अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा बढेको छ । अहिले उनी आफू अभिनीत चलचित्र “छ माया छपक्कै” को सफलतामा रमाइरहेकी छिन् । उनले आफ्नो फ्यानहरुसँगै चलचित्र हेरेर मन पराइदिने सम्पूर्ण दर्शकलाई सामाजिक सञ्जाल फेसबुकबाट धन्यवाद दिएकी छिन् । लिड भूमिकाको रुपमा अभिनय गरेकी अभिनेत्री केकीको चलचित्रले प्रदर्शनको तेस्रो हप्ता पनि सफलतापूर्वक बक्सअफिसमा आफ्नो स्थान जमाइराखेको छ ।

अभिनेत्री केकी अहिले चलचित्रको सफलतासँगै हिन्दुहरुको महान चार्ड बडा दशैंसकिए लगत्तै तिहारको तयारीमा छिन् । उनले आफ्नो फेसबुकमार्फत तिहारका शुभकामनासँगै तस्विर पनि पोस्ट गरेकी छिन् । उनले मैतीदेवी स्थित मैतीदेवीको मन्दिरमा खिचेको तस्विर राखेकी छिन् । चलचित्र “छ माया छपक्कै” ले अभिनेत्री केकीको स्टारडमलाई माथिल्लो तहमा पुर्याउने अनुमान गरिएको छ । Photo Source: Keki Adhikari Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot