Logo

विश्वप्रकाश शर्मालाई पत्र लेख्ने भन्दै गणेश थापाले रामहरि खतिवडालाई चुनौती दिए (फेसबुक स्टाटससहित)



काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेसका सांसद इन्द्रबहादुर बाँनिया जुवाखालमा पक्राउ परेको समाचार भ्रामक भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बोलेपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफूमाथि विगतमा त्यस्तै आक्षेप आउँदा नबोलेको भन्दै शर्मासँग प्रश्न गरेका छन् । आइतबार फेसबुकमार्फत् उनले आफूलाई भ्रष्टाचार गरेको आरोप लगाएर जथाभावी बोलेको भन्दै काँग्रेसका तत्कालिन सांसद रामहरि खतिवडाको नामै तोकेका छन् ।

उनले लेखेका छन्, ‘तत्कालीन सार्वजनिक लेखा समितिका सदस्य माननीय रामहरि खतिवडा ले विभिन्न सञ्चारमाध्यममा गणेश थापाले ५८ करोड भ्रष्टचार गरेको सार्वजनिक लेखा समितिको निर्णय तथा ठहर भन्दै विभिन्न सञ्चारमाध्यममा उहाँले आफ्नो प्रतिक्रिया दिनु भएको सम्बन्धमा प्रवक्ता ज्यूको ध्यान आकर्षण गर्न चाहन्छु।’

खतिवडालाई चुनौती दिदै चरित्र हत्या हुँदा नबोलेको भन्दै बोल्न आग्रह समेत गरेका छन् । उनले लेखका छन्, ‘तपाईंबाट मैलेपनि न्याय को आशा गरेको छु। तपाईंले आफ्नो नेपाली कांग्रेसको कार्यकर्ताको मात्र रक्षा गर्नुहुन्छ कि आम नेपालीहरू लागि परेको अन्याय को निमित्त पनि वास्तविक कुरा राख्नुहुन्छ। यस विषयमा तपाईलाई म लिखितरुपमा नै निवेदन दिने छु।’

सार्वजनिक लेखा समिति जस्तो गरिमामय पदमा बसेर निर्णय नै नभएको कुरा विभिन्न समाचारमा प्रतिक्रिया दिनु अनैतिक हुने भन्दै खतिवडाको आलोचना गरेका छन् ।

गणेश थापाको फेसबुक स्टाटस

नेपाली कांग्रेसका आदरणीय प्रवक्ता विश्वप्रकाश शर्मा संग मेरो भनाइ।
आज तपाईं ले पत्रकार सम्मेलन गरेर माननीय पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ जुवा खेल्द पक्राउ नपरेको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो। म तपाईसँग पहिलोपटक एन्फाको साधारण सभामा म अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष हुँदा तपाईले दिएको मन्तव्यबाट त्यही दिनदेखि नै तपाईंको प्रशंसक रहेको जानकारी गराउन चाहन्छु। तपाई नेपाली कांग्रेसको मात्र नभएर भविष्यमा नेपालीले आशा गरेको नेताको रुपमा मैले लिएको छु। यसै सन्दर्भमा तत्कालीन सार्वजनिक लेखा समितिका सदस्य माननीय रामहरि खतिवडा ले विभिन्न सञ्चारमाध्यममा गणेश थापाले 58 करोड भ्रष्टचार गरेको सार्वजनिक लेखा समितिको निर्णय तथा ठहर भन्दै विभिन्न सञ्चारमाध्यममा उहाँले आफ्नो प्रतिक्रिया दिनु भएको सम्बन्धमा प्रवक्ता ज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। जसरि तपाइले माननीय इन्द्र बानियालाई सँगै राखेर नयाँ पत्रिकामा आएको समाचारको खण्डन गर्नुभएको छ। पूर्व माननीय रामहरि खतिवडा ज्यु लाइ सार्वजनिक लेखा समितिको निर्णय सार्वजनिक गर्नको निमित्त म चुनौती दिन चाहन्छु। यसरी निर्णय नभएको कुरा विभिन्न पत्रपत्रिकामा समाचार आउँदा मेरो चरित्र हत्या भएकी भएन। मैले नेपाली फुटबलमा 35 वर्ष पुराएको योगदानको मूल्यांकन गरेर तपाईंबाट मैलेपनि न्याय को आशा गरेको छु। तपाईंले आफ्नो नेपाली कांग्रेसको कार्यकर्ताको मात्र रक्षा गर्नुहुन्छ कि आम नेपालीहरू लागि परेको अन्याय को निमित्त पनि वास्तविक कुरा राख्नुहुन्छ। यस विषयमा तपाईलाई म लिखितरुपमा नै निवेदन दिने छु। यस विषयमा तपाईंबाट मैले सत्य तथ्य कुराहरु सार्वजनिक गर्नुहुनेछ भन्ने मैले ठूलो आशा गरेको छ। अन्तमा सार्वजनिक लेखा समिति जस्तो गरिमामय पदमा बसेर निर्णय नै नभएको कुरा विभिन्न समाचारमा प्रतिक्रिया दिनु योभन्दा ठूलो अनैतिकता के हुनसक्दछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot