Logo

आइएस नेता बगदादीमाथि अमेरिकी सैनिक कारबाहीको दृश्य ट्रम्पल यसरी हेरेका थिए



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसका नेता अबु बकर अल बगदादी मारिएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर उनले अबु बकस मारिएको घोषणा गरेका हुन् ।

आइएस नेता अबु बकर अल बगदादी मारिएका छन्, ट्रम्पले पत्रकार सम्मेलनमा भने । बगदादी वर्षौं देखि अमेरिकाको खोजीको सूचीमा थिए । शनिबार सिरियामा अमेरिकी सैनिकको कारबाहीमा बगदादी मारिएको जनाइएको छ । कारबाहीमा तीन बालबालिका र दुई महिलाको समेत मृत्यु भएको छ । उनीहरु को हुन् भन्ने खुलाइएको छैन ।

बगदादीमाथि कारबाही चलाउन हप्तौं देखि अमेरिकी सैनिकले निगरानी गरिरहेको थियो । कारबाहीको निर्णय निकै गोप्य राखिएको थियो । कारबाही रातको समयमा भएको ट्रम्पको भनाई थियो ।

यसअघि धेरैपटक बगदादी मारिएको दाबी गरिएको थियो । तर, पछि असत्य ठहरिएको थियो । यसपटक उनी मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका छन् ।

यसैगरी, ह्वाइट हाउसले अमेरिकी कारबाहीको प्रत्यक्ष घटना हेरिरहेको अवस्थाको ट्रम्पसहित वरिष्ठ अधिकारीहरुको तस्बिर सार्वजनिक गरेको छ । बगदादी रहेको भनिएको सिरियाको घर क्षेत्रमा अमेरिकी सैनिक हमलाको दृश्य ट्रम्पसहित उपराष्ट्रपति माइक पेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिन, रक्षामन्त्री मार्क इस्पर, अमेरिकी सेना प्रमुख मार्क ए मिले र ब्रिगेडियर जनरल मारकुस इभान्सले हेरेका थिए । तस्बिरमा २६ अक्टोबरमा हमला गरिएको उल्लेख छ ।

-एजेन्सी
Photo Source: Dan Scavino



प्रतिक्रिया दिनुहोस्