Logo

यी हुन खुर्सानी खाँदाका फाईदा



काठमाडौं, ११ कात्तिक । तपाईं पिरो अथवा खुर्सानी कत्तिको खानुहुन्छ ? यदि खानुहुन्छ भने अर्को खुशीको खबर प्राप्त भएको छ । पछिल्लो एक अध्ययनले पिरोले मानिसको स्वास्थ्यमा ठूलो फाइदा गर्ने देखाएको छ ।

उक्त अध्ययनले देखाएको पिरो अर्थात् खुर्सानी खाँदाका फाईदाहरु यस्ता छन् । खुर्सानीले मुटुसम्बन्धी हुने जोखिमलाई नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई निष्ट गर्दछ, जसले हृदयघाट र स्ट्रोकको समस्यालाई न्यूनिकरण गर्दछ र मुटु सुन्निनबाट बँचाउछ ।

खुर्सानीमा रहेका कम्पाउन्डले उच्च रक्तचापलाई नियन्त्रण गरी रक्तनीहरुलाई आराम दिलाउने पनि सो अध्ययनले देखाएको छ । यदि तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा खानु फाइदाजनक हुन्छ । किनभने यसले तपाईंंको शरीरमा भएको अतिरिक्त तौल घटाउन पनि मद्दत गर्दछ ।

खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ, जसले खानाबाट प्राप्त हुने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ । खुर्सानीले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ ।

यसले रुघा, खोकी नियन्त्रण गर्न सहयोग पु¥याउँछ । पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसनबाट बँचाउँछ ।



प्रतिक्रिया दिनुहोस्