Logo

काठमाण्डू मोडेल हस्पिटलमा स्तन क्यान्सर जाँचमा ५० प्रतिशत छुट



कात्तिक ११, काठमाडौं । काठमाण्डू मोडेल हस्पिटलले अक्टुबर महिनाभरि स्तनक्यान्सरको जाँच तथा उपचारमा ५० प्रतिशत छुटदिने व्यवस्था गरेको छ । अक्टुबर महिनालाई विश्वभरि स्तनक्यान्सरबिरुद्ध जनचेतना जगाउने महिनाका रुपमा मनाइने गरिन्छ ।

यस अवसरमा हस्पिटलले पनि स्तनक्यान्सरका पीडित तथा सरोकारवालालाई सोसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. गणेश दंगालले बताएका छन् ।

हस्पिटलले सर्वसाधारणलाई समात्र नभएर हस्पिटलकै चिकित्सक, नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत स्तनक्यान्सरका विषयमा सचेतना जगाउँदै स्तनक्यान्सर लाग्नै नदिने उपायका विषयमा ब्यापक छलफल र अन्तत्र्रिmया गरेको डा. दंगालले बताएका छन् ।

कार्यक्रममा विज्ञ चिकित्सकहरुले हरेक महिलाले आफ्नो स्तन आपैंmले जाँच गरेर पनि स्तनक्यान्सरका सुरुका लक्षणहरु थाहा पाउन सक्ने भएकाले यसतर्पm सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए । विज्ञहरुका अनुसार हरेक ८ जना महिलामध्ये एकजनालाई स्तनक्यान्सर हुने गरेको पाइएको छ । चिकित्सकहरुले पहिलो स्टेजमै स्तनक्यान्सरको उपचार गराउँदा निको हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्