Logo

तिहार बिदामा कुन बैंकको सेवा कहाँबाट ?



काठमाडौं, ११ कात्तिक । तिहार बिदाको बेलामा ग्राहकहरुलाई सहुलियत दिन बैंकहरुले आफ्ना शाखा कार्यालयहरुबाट सेवा दिने भएका छन् । कात्तिक ११ र १२ गते तिहार बिदाको समयमा पनि आफ्नो शाखा कार्यालय खोली सेवा दिन लागेका हुन् ।

मेगा र ग्लोबल आईएमई बैंकले भाइटिकाको दिनसमेत आफ्ना शाखा कार्यालयबाट सेवा दिने भएका छन् । त्यसैगरी कृषि विकास बैंकले जम्मा ३० वटा शाखाहरुबाट ग्राहकहरुलाइै बैंकिङ्ग सेवा दिने भएको छ । जसमा बैंकका २७ वटा शाखा कार्यालयहरु कात्तिक १० र ११ गते दुई दिन खुल्ला रहने छन् भने ३ वटा शाखाहरु भने ताकिएका दिनहरुमा मात्र खुल्नेछन् ।

बिदाका दिन बैंकका शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् । ती दिनहरुमा नगद जम्मा र भुक्तानी मात्रै हुने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले तिहार बिदामा जम्मा १४ वटा शाखाहरु खुल्ला गर्ने भएको छ । जसमध्ये बैंकको उपत्यका भित्र ४ र उपत्यका बाहिरका १० शाखा कार्यालयहरु खुला रहने छन् ।

उपत्यका बाहिरका सेवा भएका शाखा ११ बजेदेखि २ बजेम्म खुला रहने छ भने उपत्यकाभित्रको न्यूरोड र तीनकुने शाखा कार्यालय दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने छ । उक्त दिनहरुमा नगद जम्मा र भुक्तानी मात्र हुने बैंकले जनाएको छ । भाइटिका कात्तिक १२ गते भने बैंकको कुनै पनि शाखा नखुल्ने जनाइएको छ ।

एनएमबी बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी तिहार बिदामा आफ्ना पाँच शाखा कार्यालयमार्पmत् बैंकिङ्ग सुविधा उपलब्ध भएको जनाएको छ । विदाको समयमा खुलेका शाखामार्पmत् २ लाख रुपैयाँसम्म नगद जम्मा र चेक सटही सुविधा हुनु बैंकले जनाएको छ । भाइटिकाको दिन कात्तिक १२ गते भने कुनै पनि शाखा नखुल्ने भएका छन् ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले तिहारलाई लक्षित गरेर ४ वटा शाखा कार्यालय खुल्ला गरेको छ । उपत्यकाभित्र र बाहिर गरी ४ वटा मात्र शाखा कात्तिक ११ गते एक दिन खुल्ला हुने हो । बैंकका तीन शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुल्नेछ । एउटा बिहान ९ बजेदेखि १२ बजेसम्म खुल्नेछ । यसदिन खुल्ने शाखाबाट ५ लाख रुपैयाँसम्मको भुक्तानी, नगद जम्मा र विदेशी विनिमय सेवा उपलब्ध छ ।

कुमारी बैंकले हितार विदामा आफ्ना ५ वटा शाखा खुल्ला गरेको छ । बैंकले तीमध्ये दुई शाखा कात्तिक १० र ११ गते खुल्नेछन् भने बाँकी तीन शाखा कार्यालय कात्तिक १० को लागि मात्र खुल्ला गरिएको जनाइएको छ । त्यस्तै सिभिल बैंकले १३ शाखामार्पmत दिने भएको छ । बैंकले कात्तिक ११ गते ६ शाखा खुल्ला गरेको छ । कात्तिक १२ गते भने बैंकका कुनै पनि शाखाबाट सेवा हुने छैन ।

ग्लोबल आईएमईं बैंकले आफ्ना १० वटा शाखा कार्यालयबाट तिहार बिदाको बेला सेवा प्रदान गरेको छ । त्यसमा उपत्यकाभित्र ४ र बाहिर ६ वटा छन् । बैंकले भाइटीकाको दिन कात्तिक १२ गते भने कान्तिपथको शाखा कार्यालय मात्र खुल्ला रहने जनाएको छ ।

मेगा बैंकले आफ्ना २४ वटा शाखा कार्यालयहरु तिहार बिदाको बेला खुल्ला गर्ने भएको छ । बैंकका सेवा उपलब्ध शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र २ बजेदेखि ५ बजेसम्म खुल्ला रहने बताइएको छ । बैंकले कात्तिक १२ गते भने काठमाडौंको कमलादी शाखा खुल्ला गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि आफ्ना १३ वटा शाखा कार्यालयबाट तिहार बिदामा सेवा सुचारु गरेको छ । त्यसमा कात्तिक १० र ११ गते ८ वटा शाखा खुल्छन् भने बाँकी शाखा तोकिएको दिनमा मात्र खुल्नेछन् । भाइटिकाको दिन कात्तिक १२ गते भने सबै शाखा बन्द रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्