काठमाडौं, ११, कात्तिक । चीन उडानका लागि हिमालय एयरलाइन्सले नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीले सातामा एक उडान भर्नेगरी सो तालिका सार्वजनिक गरेको हो ।
काठमाडौं–बेइजिङ सिधा उडानले पर्यटन प्रवद्र्धन र आम्दानी मात्रै नभएर दुई देशबीचको ब्यापार सम्झौतालाई पनि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदारबहादुर अधिकारीलगायत क्यान, पर्यटन बोर्ड र त्रिभुवन विमानस्थल कार्यालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।