Logo

६७ वर्षमा बच्चा जन्माएर किर्तिमान



६७ वर्षमा एकजना डाक्टरले प्राकृतिक रुपमै गर्भधारण गरेर बच्चा जन्माएकी छिन् । चिनियाँ महिला तियानले शुक्रबार बच्चालाई जन्म दिएकी हुन् । उनी चीनको सबैभन्दा बढी उमेरकी आमा बनेकी छिन् । सँसारमा बढी उमेरमा प्राकृतिक रुपमै बच्चा जन्माएर जन्म दिने किर्तिमान राखेकी छिन् ।

जओझआङ अस्पतालमा बच्चाको जन्म भएको हो । बच्चा स्वस्थ रहेको छ । छोरी बच्चाको जन्मदाको समयमा तौल २.५६ किलोग्राम छ ।
लामो समय डाक्टर रहेकी उनी प्राकृतिक रुपमै गर्भधारण गर्न पुगेको जनाइएको छ । उनको ६८ वर्षीय पति हुआङ निकै खुशी छन् । बच्चाको नाम तियान्सी राखिने भएको छ । यसको अर्थ स्वर्गबाट पठाइएको उपहार हो ।

उनीहरुको पहिल्यै दुईवटा बच्चा थियो । ती बच्चाहरुले नयाँ बच्चा नपाउन चेतावनी दिएका थिए । तर, उनीहरुले मानेनन् ।
-एजेन्सी
Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्