काठमाडौं, कार्तिक १३ । किशोरीलाइ करणी गरेको अभियोग लागेका अनेरास्ववियूका नेता तथा आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ ।
आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएका छन् ।आगामी दिनमा स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नरहने समेत निर्णय भएको बिज्ञप्ति मार्फत बताएका छन् ।
१८ बर्षीय पीडित किशोरीकले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।राईलाई मंगलबार बिहान महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।