Logo

तिहारमा पक्राउ परेकामध्ये १० प्रतिशतलाई मुद्दा चलाउने



काठमाण्डौ, कार्तिक १३ । विगत पाँच दिन भित्र विभिन्न अभियोगमा पक्राउ परेकामध्ये झण्डै १० प्रतिशतलाई प्रहरीले मुद्दा चलाउने भएको छ ।

यसपटकको तिहारको समयमा झण्डै चार सय पक्राउ परेको जनाउदै प्रहरीले उनीहरु मध्ये ९० प्रतिशतलाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको जनाएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार जुवातास खेलेको, जाँडरक्सी खाएको, चोरी गरेको लगायत अभियोगमा पक्राउ परेका १० प्रतिशतलाई भने मुद्दा नै चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

उपत्यकामा मात्रै काठमाण्डौबाट १०२ , भक्तपुरबाट १८ र ललितपुरबाट ४ गरी १२४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्