Logo

आठ जुवाडे नियन्त्रणमा



लहान, १३ कात्तिक । प्रहरीले जुवातास खेल्ने आठ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेल्ने क्रममा ७५ हजार समेत बरामद गरेको छ ।

सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका मोहमद रफिक, जावेद खान, श्यामकुमार यादव, रञ्जित यादव, दिनेश यादव, सञ्जीवकुमार महतो र गोलबजार नगरपालिका–८ का सिकिन्द्र साफीलाई नियन्त्रणमा लिएको हो ।

सिरहा नगरपालिका–१५ माडरमा जुवातास खलिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ७३ हजारसहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot