काठमाडौं, कार्तिक १४ । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइँने भएको छ ।
सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौंमा महरा विरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ ।
अभियोग पत्र दर्ता भएपछि आज नै थुनछेक बहस हुने र सो बहसमा महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या उनलाई रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे निणर्य हुने भएको छ ।संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी बलात्कार आरोपमा अशोज १९ गते पक्राउ परेका हुन ।