काठमाडौं, १४ कात्तिक । मृगौलामा समस्या देखिएपछि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा हिजो भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाईसिस गरिएको छ । उनलाई आजै दिउँसो डिस्चार्ज गर्ने तयारी भएको छ ।
विहानै अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले डिस्चार्जको तयारी भएको जानकारी दिएका हुन् ।
उनकाअनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषणपछि डिस्चार्ज गर्ने जानकारी चिकित्सकहरुले दिएका छन् ।