Logo

प्रधानमन्त्री ओलीको उपचारमा को-को चिकित्सक संलग्न छन् ?



काठमाडौं, १४ कात्तिक । मृगौलामा समस्या देखिएपछि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा हिजो भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाईसिस गरिएको छ । उनलाई आजै दिउँसो डिस्चार्ज गर्ने तयारी भएको छ । विहानै अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले डिस्चार्जको तयारी भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषणपछि डिस्चार्ज गर्ने जानकारी चिकित्सकहरुले दिएका छन् । ओलीको अहिले सघन उपचार कक्षमा छन् । उनको उपचारमा निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, डा. दिलिप शर्मा, ग्राण्डी हस्पिटलका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डे र डा. प्रेम ज्ञवाली संलग्न छन् ।



प्रतिक्रिया दिनुहोस्