Logo

साउदी युवराज सलमानसँग हलिउड नायिका लोहानको रोमान्स ! (भिडियोसहित)



साउदी युवराज मोहम्मद बिन सलमान र हलिउड नायिका लिन्डसे लोहानबीच सम्बन्धको चर्चा चलेको छ। उनीहरु दुबै जना एकअर्कासँग नजिकिएको विषयले चर्चा पाएको हो ।

समाचार एजेन्सीहरुका अनुसार साउदी युवराज सलमान आफ्नो नीजि विमानमा नायिका लोहानलाई भेट्न जान्छन् । साउदी युवराजले लिन्डसेलाई उपहारको रुपमा क्रेडिट कार्ड पनि दिएको दाबी गरिएको छ ।

लोहानका प्रनिनिधीका अनुसार यी दुईबीच एक पटक मात्र भेट भएको छ । एक वर्षअघि फर्मुला वन रेसको क्रममा उनीहरुको भेट भएको जनाइएको छ। लोहानका प्रतिनिधीले साउदी युवराजले लिन्डसेलाई कुनै पनि क्रेडिट कार्ड नदिएको स्पष्टिकरण दिए ।

लिन्डसेका पिता माइकलले उनकी छोरीको साउदी युवराज मोहम्मद बिन सलमानसँग अलौकिक र सम्मानजनक सम्बन्ध भएको बताएका छन् । उनले रोमान्सको खबरलाई ठाडो अस्विकार गरेका छन् । उनीहरु मित्रताको सम्बन्धमा रहेको समेत दाबी गरेका छन् ।

साउदी युवराज वासिङ्टन पोष्टका पत्रकार जमाल खग्गोसीको हत्याको आरोपमा घेरिएका छन् । ‘उनीमाथि लागेको कुनै पनि आरोप प्रमाणित नभएको कुरा माइकल लोहानले बताएका छन् । लिन्डसेले युवराज निकै राम्रा व्यक्ति भएको बताउँछिन् ।-एजेन्सी

Photo source : Youtube



प्रतिक्रिया दिनुहोस्

Screenshot