काठमाडौं, १४ कात्तिक । काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेताहरु पुग्ने क्रम जारी छ । ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावल पनि प्रधानमन्त्री भेट्न ग्राण्डी पुगेका थिए । तर, उनले पनि प्रधानमन्त्रीसँग भेट्न भने पाएनन् ।
प्रधानमन्त्रीको १४ औं तलाको १४१६ नम्बर शय्यामा उपचार भइरहेको छ । प्रमको सचिवालयले भने आजै डिस्चार्ज गर्ने तयारी भइरहेको बताएको छ । यद्यपि त्यहाँका चिकित्सकले भने शुक्रबार पनि डायलाइसिस गर्नुपर्ने हुनसक्ने भएकाले अस्पतालमै राख्नुपर्ने तर्क गरिरहेको बताइएको छ ।