काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अस्पतालमा छन् । उनको मृगौलाको डायलसिस गरिएको खबरहरु आइरहेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे बुझ्न नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु ग्रान्डी अस्पताल पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले ओलीलाई भेटेर स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल पनि ओलीलाई भेटेर फर्किका छन् । तर, नेकपाका प्रभावशाली नेताहरु भीम रावल र नारायणकाजी श्रेष्ठले भेट्न पाएनन् । उनीहरु नभेटी फर्किए ।
ओलीलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि भेट्न गएका छैनन् । नेपाल र ओलीबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।
भदौमा उपचारका लागि सिंगापुर जानुअघि ओलीले नेपाललाई गम्भीर आरोप लगाएका थिए । आफू मरोस् भन्ने चाहेको र स्वास्थ्यबारे गलत हल्ला फिजाएको आरोप समेत लगाए । नेकपाको सचिवालय बैठकमा ओलीले त्यसो भनेपछि नेपालले आफूले कहिले त्यसो नभनेको र प्रमाण पुर्याउन चेतावनी दिए । भनाभनको अवस्थापछि दुवै नेताबीच सम्बन्ध सहज छैन ।
ओलीले यसै पनि सबैलाई भेट्न मानेका छैनन् । धेरैले भेट्दा संक्रमण हुने खतरा पनि रहन्छ । त्यसैले भेट्नैपर्ने बाहेकलाई भेट्न रोकिएको । यसै पनि सम्बन्ध चिसिएको र भेट्न कडाई गरिएको अवस्थामा आफूसँग सम्बन्ध चिसिएका ओलीलाई नेपाल भेट्न नपुगेको बुझिएको छ ।
माधव नेपाल अन्य नेताभन्दा अप्ठ्यारो मर्दा पुग्ने नेतामा गनिन्छन् । उनी बोलाएको ठाउँमा र दुःख पर्दा आफ्ना सहकर्मी देखि चिनेजानेकोमा पुग्ने गर्छन् । ओलीलाई भेट्न भने ग्रान्डी पुगेनन् । यसले सर्वत्र चासो बढेको छ ।
File Photo