Logo

साँढे सात वर्ष कैद सजाय हुनेगरी महराविरुद्ध मुद्दा, सातदिनभित्र डिएनए परीक्षण



काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगको अभियोगपत्र दर्ता गरेको छ । बिहिबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

मुद्दा दायरपछि उनी पुर्पक्षका लागि थुनामै रहने भएका छन् । प्रहरीले उनीमाथिको अनुसन्धान विवरण तयार पारेपछि मुद्दा दर्ता भयो । तर, उनले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेपछि सात दिनभित्र परीक्षणको आदेश दिइएको छ ।

अभियोग प्रमाणित भएमा उनी साँढे सात वर्ष जेल जान सक्छन् । जर्बजस्ती करणी उद्दोगमा महरालाई किटानी जाहेरी दिने रोशनी शाहीको उमेर अनुसार पाँच वर्ष कैद सजायको व्यवस्था छ । महरा सार्वजनिक पद धारण गर्दा घटना घटेको भनिएकाले थप सजाय बढ्दा साँढे सात वर्ष पुग्छ ।

महरामाथि अनुसन्धानका लागि पटक पटक म्याद थप गरिएपछि २५ दिन कटेकाले मुद्दा दर्ता भएको हो । महरा १९ असोजमा पक्राउ परेका हुन् ।

महरा प्रकरणको २६ दिनमा के के भयो

१८ असोजमा रोशनीको किटानी जोहरीले महरा १९ असोजमा पक्राउ परे । तर, ३ कात्तिकमा उनले महराविरुद्ध जाहेरी प्रहरीको करकापले गरेको अदालतसमक्ष बयान दिइन् । यो २६ दिनबीच के के भएः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

२३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना

२८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप

१ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना

३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति

७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा

१४ कात्तिकमा महरामाथि थुनछेकको बहस, सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगमा मुद्दा दायर गर्यो

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot