Logo

अस्पतालको तला नै सिलगरेर प्रधानमन्त्रीको उपचार



काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पतालमा उपचार गराएर विहिबार प्रधानमन्त्री निवास बालुवाटार पर्किसकेका छन् ।

प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा दिव्या सिंहको नेतृत्वमा उपचार गरिएको थियो । अस्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चिकित्सकहरूले बताए ।

त्यहाँ सीमित सुरक्षाकर्मी र उपचारमा आवश्यक पर्ने चिकित्सकलाई मात्रै जान दिइएको थियो । डा दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा सुवास आचार्यलगायत केही मेडिकल अफिसर उपचारमा खटिएको अस्पताल स्रोतले जनायो । आजको नयाँ पत्रिकामा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot