अश्वत्थामा लगभग पाँच हजार वर्ष अघिदेखि छटपट्टि रहेका छन् । भनिन्छ कि बुरहानपुर, मध्य प्रदेश स्थित असीरगढ़ किलाको शिव मन्दिरमा सबैभन्दा पहिला प्रत्येकदिन पूजा गर्न आउथे । शिवलिंगमा प्रत्येकदिन बिहान ताजा गुलाफको फूल भेटिनु एक रहस्यको विषय थियो ।
महाभारत युद्धमा बाबु र छोराले पाण्डवका सेनाहरुको तहस नहस पारिदिएका थिए । पाण्डवका सेनाहरुको हतोत्साहित देखेर श्रीकृष्णले द्रोणाचार्यको हत्या गर्नका लागि युधिष्ठिरबाट कूटनीतिको सहारा लिन भने । कूटनीतिबाट नै पाण्डवहरुले द्रोणाचार्यको हत्या गरेका थिए ।
प्रायजसो डाक्टरले यस्तो कुरा गदैनन् । तर मध्यप्रदेशका एक डक्टरको भनाइ छ कि उनको नजिक एक जना विरामी आएका थिए जसको शिरमा गहिरो चोट लागेको थियो । चोटमा धेरै पटक औषधी लगाउदा पनि घाउ ताजै बसेर रगत बगिरहेको थियो । उसको घाउ धेरै पुरानो भएता पनि कहिल्यै ठीक नहुने जस्तो डाक्टरलाई लागेको थियो । यस्तो देखेपछि डाक्टरले उनलाई सोधे तिमी अश्वत्थामा हौ ?“ त्यसपछि जब डाक्टरले औषधी लगाउन खोज्दा उनी गायव भए ।
पायलट बाबा र केही जोगीहरुको पनि दावी छ कि अश्वत्थामा मिलेको । अश्वत्थामा हिमायलको फेदमा केही जनजातीहरुका साथमा बस्ने गर्छन् । उनी विहानी पख एक शिवलिंगमा जल चढाउने गर्छन् ।
केही स्थानीय वासिन्दाहरुको भनाइ यस्तो रहेको छ । शिरको मध्य भागमा निशान भएको एक अग्लो मानिस वर्षको एक पटक हिमालयको फेदमा बनेका केही रेस्टुरेन्टका मालिकहरुसँग मिल्नका लागि आउने गर्छन् । अश्वत्थामा रातको समयमा नर्मदा नदीको किनारमा भौतारीएर हिडेको मानिसहरु बताउँछन् ।
यसका अलावा गुजरात, महाराष्ट्र, ग्वारीघाट, मंडलाको जंगल, असीरगढका किला जस्ता जमिनमा अश्वत्थामा घुमिरहेको दावा गर्दछन् ।
आजसम्म पनि कोही वीरयोद्धा अश्वत्थामा जीवीत हुनको प्रमाण पाउन सकेका छैनन् । तर पनि मानिसका भनाइमा पनि अविश्वास गर्न भने सकिदैन ।
-धार्मिक ग्रन्थको सहयोगमा