Logo

अझै जीवित रावण



रामायणमा माता सीताको रावणको जालबाट छुटाउनको लागि भगवान राम र लंकापति रावणकावीच घमासान युद्ध भएको थियो । जसमा रावण म¥यो । युद्ध सकिएपछि भगवान रामले रावणको शवलाई विभिषणलाई जिम्मा लगाएका थिए । विभिषणले रावणको अन्त्येष्टि कसरी ग¥यो या गरेन यो आजसम्म पनि कसैलाई थाहा छैन र अन्तिम संस्कारको प्रमाण पनि भेटिएको छैन । रावणको शरीरको अवस्था के थियो यो सबैको चासोको विषय भएको छ । उसको शव आज पनि सुरक्षित रुपमा राखिएको छ ।

श्रीलंकाको इन्टरनेशनल रामायण रिसर्च सेन्टर तथा टुरिजम मिनिस्टी«ले मिलेर ५० ठाउँ पत्ता लगाए जहाँ रामायणसँग जोडिएका घटनाहरु मिल्छन् । त्यसमध्ये एक जग्गा यस्तो छ जहाँ रावण जीवित हुनको प्रमाण भेटिएको छ ।

रैगला जंगलको पहाडमाथि छन् रावण । रिसर्चका अनुसार श्रीलंकको रैगला जंगलको बीचमा एक विशाल पहाड रहेको छ, जहाँ रावणको गुफा छ । यो गुफा धेरै अग्लो स्थानमा रहेको छ । भनिन्छ, आजसम्म पनि यस गुफाभित्र रावणको शव सुरक्षितसँग राखिएको छ । रावण यसै गुफामा पूजापाठ तथा तपस्या गर्दथे रिसर्चमा भनिएको छ ।

रैगला पहाडको ८००० फुटको उचाइमा यो गुफा अवस्थित छ । जहाँ १७ फुल लम्बाइमा रावणका शव राखिएको छ । घनघोर जंगल र खुनखार जनावरका डरका कारण यो गुफामा कोही जान सक्दैन ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्