Logo

रावणको पुनर्जन्म



रावणको मृत्युभएपछि भगवान रामले लंकाको साथै रावणको शव उनका भाइ विभिषणलाई सुम्पिएका थिए । तर विभिषणले राजपाठ सम्हाल्ने चक्करमा शवको दाहसंस्कार नगरी राखेका थिए । त्यसपछि राक्षसले रावणको शवलाई लिएर गए । जहाँ पहिले रावणले पाठपूजा गर्ने ठाउँ थियो । राक्षसले रावणलाई जीवित पार्नका लागि धेरै प्रयास गरे तर उनी जीवित हुन सकेनन् । अन्तमा राक्षसले रावणको शवलाई सुरक्षित राख्ने फैसला गरे । राक्षसलाई लाग्थ्यो कि कसरी रावण जिउँदो हुन सक्छन् ।

रावणको शव रैगलाको गुफामा सुरक्षित राखिएको रिसर्चले जनाएको छ । कतिपय मानिसहरु भन्ने गर्छन कि एक दिन रावणको शव जीवित भएर उठ्छ । रावणको शव ताबूतमा सुरक्षितसँग राखिएको छ । जुन ताबूतमा खास किसिमको रंग लगाइएको छ । रंगका कारण शव राख्ने भाँडो तथा ताबूत आजसम्म पनि सुरक्षित छ । ताबूत १८ फिट लम्बाइ र पाँच फिट चौडाइ रहेको छ ।

प्राचीन समयमा शव बनाउने चलन थियो । शवमा विशेष किसिमको रंग लगाइन्थ्यो । त्यही अनुसार रावणको शवलाई पनि तयार बनाइएको थियो । किनकि शव सुरक्षित होस् ।

भनिन्छ, त्यस समयमा शैव समाजमा समाधि दिने चलन थियो । रावण शैव धर्मावालम्बी थिए । भन्ने गरिन्छ कि यही ताबूतको मुनी रावणको गरगहना पुरिएको छ ।
हिन्दु मान्यता अनुसार रावण त्रेतायुगका सबैभन्दा शक्तिशाली राजा थिए । उसलाई आफ्नो तागतमा धेरै घमण्ड थियो । घमण्डका कारण रावणले भगवान रामकी पत्नी सीताको हरण गरेका थिए । लाखौ पटक सम्झाउँदा पनि नमानेपछि रावण र रामवीच घमासान युद्ध भयो । रावणका साथमा धेरै शक्तिशाली सेना थिए तर घमण्डका कारण उसको मृत्यु भयो । यसको प्रमाण आज पनि श्रीलंकामा सुरक्षित छ ।

रावणले जुन ठाउँमा माता सिताको हरण गरी राखेको थियो त्यस ठाउँको चट्टानमा अझै पनि हनुमानको पाइलाको चिन्ह रहेको छ ।
श्रीलंकामा यस्तो गुफा छ जसको नाम “रावण्नेज केभ” रहेको छ । यो गुफा श्रीलंकाको यलामा अवस्थित छ । भनिन्छ रावणले आफ्नो जिन्दगीको केही समय यो गुफामा विताएका थिए । यो गुफा समुन्द्र सतहदेखी ४ हजार ४ सय ९० फिटको उचाइमा रहेको छ । रावण केभका साथमा एउटा झरना रहेको छ । जसलाई “रावनेज फल्स” को नामले चिनिन्छ । यो अण्डाकार चट्टानबाट बनेको छ । यो झरना २५ मिटर अथवा ८२ फिटको उचाइबाट झरेको छ । यहाँ सीता नामको एउटा पुल पनि रहेको छ । त्यहाँ “रावणा गोडा” नामको पर्यटकीय स्थल रहेको छ । जहाँ केही गुफा र सुरुङ पनि छन् ।

यो सुरुङ लंकाको भित्रभित्रै जोडिएको थियो । कुनै सुरुङ साउथ अफ्रिकासम्म फैलिएको छ । जहाँ रावणले आफ्ना मुल्यवान गरगहना लुकाएर राखेका थिए ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्