Logo

मन्त्री यादवलाई जनकपुर दुर्गन्धित लागेपछि..



काठमाडौं, १५ कात्तिक । उपप्रधानमन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुने गुनासो पोखेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश नम्बर–२ सरकारले हिजो (बिहीबार) जनकपुरधाममा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए । उनले भनेका थिए,‘विगतदेखि नै जनकपुर आउँदा यहाँको फोहर र दुर्गन्धले आफूलाई ग्लानी हुन्छ ।’

उनले जनकपुरधामलाई पर्यटकीय स्थलका रुपमा अझ विस्तार गर्न सफा, स्वच्छ र सुन्दर बनाउन आवश्यक रहेको औंल्याउँदै मन्त्री यादवले स्थानीय, प्रदेश र संघीय सरकार तीनओटै निकायले ध्यान दिन जरुरी रहेको बताए । समाजवादी पार्टी, नेपालका केन्द्रिय अध्यक्षसमेत रहेका यादवले जनताको मागबमोजिम संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएका छन् । संविधान संशोधनको लागि सरकारले ढिलाई गर्न नहुने उनको तर्क छ।file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्